कर्णालीलाई पन्छाउँदै जनकपुर एनपीएलको फाइनलमा

पुस ४, २०८१

कान्तिपुर संवाददाता

Janakpur bypassing Karnali In the finals of the NPL

काठमाडौँ — नेपाल प्रिमियर लिग-२०२४ को फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना हुने भएको छ, जनकपुर बोल्ट्ससँग । कीर्तिपुरको टीयू मैदानमा भएको ‘लो स्कोरिङ’ क्वालिफायर-टुको खेलमा जनकपुरले कर्णाली याक्समाथि दुई विकेटको जित रचेको हो ।

अब फाइनलमा तिनै दुई टिम भिड्न लागेका हुन्, जसले लिग चरणको समाप्तिमा शीर्ष दुई स्थान हात पारेको थियो । जितका १ सय १९ रनको लक्ष्य जनकपुरले आठ विकेट गुमाएर १९ ओभरमा हात पारेको थियो ।

मयन यादव र शेर मल्लले जनकपुरलाई जितसम्म डोर्‍याएका थिए । मयनले १४ रन बनाए र रनआउट भए । शेरले १६ रन बनाए र नटआउट रहे । फाइनल शनिबार हुनेछ ।

Janakpur bypassing Karnali In the finals of the NPLसुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गरेको थियो । यसपल्ट पनि जनकपुरको सुरुआत राम्रो रहेन । ओपनरद्वयमध्ये शुभ कंसाकारले ३ र कप्तान आसिफ सेखले ४ रन मात्रै बनाए ।

लगत्तै लाहिरु मिलान्था पनि दुई रनमै आउट भए । आकाश त्रिपाठी पनि १३ रन बनाएर पेभिलियन फर्के । हर्ष ठाकर १५ रनमा रनआउट हुनु भने जनकपुरका लागि दुर्भाग्य रह्यो ।

जिम्मी निसमले त्यसपछि जनकपुरको इनिङ्स सम्हाले । न्युजिल्यान्डका ब्याटर निसमले १७ बलमा ४५ रन बनाए । उनले २ चौका तथा ५ छक्का प्रहार गरे । उनी विपिन शर्माको बलमा बोल्ड भए ।

Janakpur bypassing Karnali In the finals of the NPLयसअघि कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन मात्र बनाएको थियो । ब्याटबाट कर्णालीको प्रदर्शन पनि उच्च रहेन । उसका लागि सबैभन्दा ठूलो योगदान गुल्सन झाको रह्यो । उनले २० बलमा २५ रन बनाए ।

उनले मोहमद मोहसिनको बलमा बोल्ड हुन अगाडि एक चौका तथा दुई छक्का प्रहार गरे । ओपनर देव खनालले २४ रन बनाए । उनले २० बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

Janakpur bypassing Karnali In the finals of the NPLअर्का ओपनर जयकिशन कोल्सवला एकै रनमा आउट भए । उसका तीन विदेशी खेलाडीको योगदान सामान्य मात्रै रह्यो । त्यसमध्ये जिसन मक्सुदले १२, विलियम बोसिस्टोले १४ तथा चाडविक वाल्टनले ११ रन बनाए ।

Janakpur bypassing Karnali In the finals of the NPLतस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

अन्त्यतिर उनिस ठकुरीले १२ रन जोडे र स्कोरलाई अगाडि बढाए । जनकपुरका बलरमध्ये ललित राजवंशी, जेम्स निसम र मोहसिनले दुई दुई विकेट हात पारे । 

कान्तिपुर

Link copied successfully