३१.४३ अंकले घट्यो नेप्से

पुस ४, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 31.43 points

काठमाडौँ — बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१.४३ अंकले घटेको छ । आज १.१९ प्रतिशतले घटेर २५९६.८२ विन्दुमा बन्द भएको छ । 

कुल २९ कम्पनीको सेयर मूल्य बढ्यो भने २११ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज ५५ हजार ९८९ पटकको सेयर किनबेचबाट ४ अर्ब ७६ करोड रूपैयाँको कारोबार भएको छ । कुल ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच भए । 

कान्तिपुर

Link copied successfully