अर्थतन्त्र  सुधारको नीति पपुलिस्ट नेताहरूको प्राथमिकतामा पर्दैन : प्रतापभानु मेहता

कार्तिक २८, २०८१

कान्तिपुर संवाददाता

Economy reform policy is not a priority of populist leaders: Pratap Bhanu Mehta

काठमाडौँ — भारतीय राजनीतशास्त्री प्रतापभानु मेहताले विश्वका कुनै पनि लोकप्रियतावादी नेताहरूले आर्थिक चुनौतीहरूलाई समाधानलाई प्राथमिकता नदिएको बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको तेस्रो सत्र 'लोकरिझ्याइँको लहर'  मा मेहताले अमेरिकादेखि भारतसम्मका चुनावको उदाहरण दिँदै 'पपुलिस्ट' नेताहरूले  आर्थिक चुनौतीका मुद्दालाई चुनावी एजेन्डा नबनाएको बताएका हुन् । 

ल्याटिन अमेरिकाका केही मुलुकका पपुलिस्ट नेताले चुनावी एजेन्डामा अर्थतन्त्र सुधारका मुद्दा अगाडि सारेको उनको भनाइ थियो । त्यस्तै मेहताले पपुलिस्ट नेताहरूले विभिन्न मुद्दाहरूलाई उठाएर राजनीति गर्ने गरेको उनको भनाइ छ ।

Economy reform policy is not a priority of populist leaders: Pratap Bhanu Mehtaमोदीदेखि ट्रम्पसम्मका नेताहरूले पुरानो संरचनालाई आफ्नो सत्रुका रूपमा अगाडि सारेको पनि मेहताले बताए । 'भारतमा मोदीले परिवारवादलाई त्यस्तै संरचनाका रूपमा व्याख्या गर्ने गरेका छन्,' उनले भने । पपुलिस्ट नेताहरूले लोकतान्त्रिक संस्थानहरूलाई कमजोर बनाउने गरेको पनि उनले बताए ।

त्यस्तै एकल पहिचानको राजनीति पनि उनीहरूको प्राथमिकतामा पर्ने गरेको उनको भनाइ छ । पछिल्लो समय भारतका विभिन्न दल र अमेरिकामा कमला ह्यारिससम्मले लोकतन्त्र संकटमा छ भनेर चुनाव लडेको पनि उनले बताए । 

कान्तिपुर कन्क्लेभ

कान्तिपुर

Link copied successfully