काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिँदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएको बताएका छन् ।
सरकारको १०० दिने कार्यक्रमलाई सार्वजनिक गर्दै ओलीले भने,‘हामीले हाम्रो छिमेक सम्बन्धलाई न्यायोचित राष्ट्रिय हितमा अडिंदै पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढाएका छौं । हामी स्पष्टतः सुमधुर र उपलब्धिपूर्ण छिमेक सम्बन्ध, शान्तिपूर्ण, न्यायोचित र जिम्मेवार अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गर्छौं ।’
ओलीले विश्वका कतिपय भूभागमा भएका हिंसा र तनावबाट हामी चिन्तित रहकोे र वार्ताको माध्यमबाट ती सबै तनावहरुको शान्तिपूर्ण समाधान चाहेको पनि उल्लेख गरे । उनले भने,‘सबैले संयमतापूर्वक शान्ति स्थापनामा लाग्न जरुरी ठान्छौं ।’
