दाउन्नेमा फेरि सडक अवरुद्ध  

आश्विन १९, २०८१

नवीन पौडेल

Road blocked again in Downey

परासी — दाउन्नेमा शुक्रबार साँझ भासिएको सडक मर्मत गरेर मध्यरात एकतर्फी सञ्चालन गरिएपनि शनिबार बिहान फेरि अवरुद्ध बनेको छ ।

पश्चिम  नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध  भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार शुक्रबार साँझ सडक भासिएपछि मर्मत गरेर मध्यरातमा केही घण्टा सडक सञ्चालन भएपनि अहिले फेरि सडक दुईतर्फी बन्द भएको हो ।

अस्थायीरुपमा मर्मत गरेर केहीबेर सवारी सञ्चालन गरेपछि फेरि सडक भासिन लागेपछि यातायात रोकेर मर्मतको काम थालिएको छ ।

राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी रोकिएका छन् । यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो । लगातारको वर्षाले विभिन्न स्थानमा सडक चर्किने र भासिने गरेको छ । 

बाढी पहिरो

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully