परराष्ट्रमन्त्री राणा र यूएन वुमनकी कार्यकारी निर्देशकबीच भेटवार्ता

आश्विन ११, २०८१

कान्तिपुर संवाददाता

Meeting between Foreign Minister Rana and Executive Director of UN Women

न्युयोर्क — परराष्ट्रमन्त्री आरजु राणा देउवा र संयुक्त राष्ट्र संघ (यूएन) उपमहासचिव तथा यूएन वुमनकी कार्यकारी निर्देशक सिमा सामी इस्कन्दर बाहौसबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसंघको ७८ औं महासभाको साइडलाइनमा भेटवार्ता भएको हो ।

उक्त अवसरमा युएन वुमनले विश्वभर महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको बारेमा दुई जनाबीच कुराकानी भएको थियो ।

न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार  भेटमा नेपाल लैंगिक समानतालाई अगाडि बढाउन युएन वुमनसँगको कामलाई निरन्तरता दिन इच्छुक रहेको बारेमा पनि छलफल भएको थियो ।

कान्तिपुर

Link copied successfully