जहाज दुर्घटनामा भएको क्षतिप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

श्रावण ९, २०८१

कान्तिपुर संवाददाता

Congress expressed grief over the damage caused by the shipwreck

काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसले काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति दु:ख व्यक्त गरेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

बुधबार बिहान ११:११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका थिए । 

सौर्य एयरलाइन्स जहाज दुर्घटना

कान्तिपुर

Link copied successfully