कोइराला समूहले पाठायो तीन मन्त्रीको नाम, प्रदीप पौडेल स्वास्थ्यमन्त्री

असार ३१, २०८१

कान्तिपुर संवाददाता

The Koirala group sent the names of three ministers, Pradeep Poudel, Health Minister

काठमाडौँ — कांग्रेसको शेखर कोइराला समूहले आफ्नो तर्फबाट तीन मन्त्रीको नाम पठाएको छ । स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीको नाम पठाएको हो ।

कोइराला समूहमै रहेका तेजुलाल चौधरीको नाम यसअघि नै पार्टी सभापति देउवाले सिफारिस गरिसकेका थिए । 

ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ ।  कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । नयाँ सरकारमा आरजु राणा परराष्ट्रमन्त्री बन्ने भएकी छिन् ।

त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही  वनमन्त्री बन्ने भएका छन् । जसमा तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।

कान्तिपुर

Link copied successfully