कांग्रेसबाट सिंह उपप्रधान तथा सहरी विकास, लेखक गृह र राणा परराष्ट्रमन्त्री बन्दै

असार ३१, २०८१

कान्तिपुर संवाददाता

From the Congress, Singh became the Deputy Prime Minister and Urban Development, the writer Home and Rana became the Minister of Foreign Affairs

काठमाडौँ — कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने केही मन्त्रीहरूको नाम टुंगो लगाएको छ । ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ ।

सभापति शेरबहादुर देउवा पक्षले ६ जनाको नाम टुंगो लगाइसकेको छ भने शेखर कोइराला र महामन्त्री गगन थापा समूह भने अहिले पनि छलफलमै रहेको छ । कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । नयाँ सरकारमा आरजु राणा परराष्ट्रमन्त्री बन्ने भएकी छिन् ।

त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही  वनमन्त्री बन्ने भएका छन् । कोइराला-थापा समूहलाई ४ मन्त्रालय दिइएकोमा १ जनाको नाम टुंगो लागेको छ । जसमा तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री बनाइने लेखकले जानकारी दिए ।

कोइराला-थापा समूहले स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृषि मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे अझै टुंगो लगाउन सकेको छैन । 

कान्तिपुर

Link copied successfully