चितवन — सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेको दुई यात्रु बसको खोजीमा सशस्त्र प्रहरी बलको चितवनस्थित कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका उद्धारकहरूले पानीभित्र क्यामरा पठाएर खोजी सुरू गरेका छन् ।
यसले नदीको २० मिटर तलसम्म हेर्ने सकिने शिक्षालयका अधिकारीहरूले बताएका छन् । २० मिटर लम्बाइको केबलको एउटा छेउमा क्यामेरा हुन्छ । माथि बसेर स्क्रिनमा पानीभित्रको भिडियो हेर्न मिल्छ ।
कुरिनटारका गोताखोरहरू आज पानीभित्र गएर खोजतलास गरे पनि केही भेटेनन् । शुक्रबार बिहानपख दुईवटा यात्रुबस र त्यसमा यात्रारत करिब ५० यात्रु पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता छन् ।
