जनमतको अपमान भयो, मुलुकलाई शृंखलाबद्ध अस्थिरतामा लगियो : कांग्रेस

फाल्गुन २४, २०८०

कान्तिपुर संवाददाता

Public opinion was insulted, the country was taken to a series of instability: Congress

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री पु्ष्पकमल दाहालले गठबन्धन फेरबदल गरेर जनमतको अपमान गरेको बताएको छ । प्रतिनिधि सभामा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सम्बोधन गर्दै उनले दाहालले इमान नदेखाएको उल्लेख गरे ।

 उनले यस्तो घटनाले मुलकुलाई शृंखलाबद्ध अस्थिरतातर्फ लैजाने काम भएको बताए । 'जनताले दिएको आफ्नो जिम्मेवारी बाट भाग्ने काम भयो । यो राजनीतिक बेइमानी हो । मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो ।' 

उनले गठबन्धनकाप्रति सदासयता र इमानदारिता देखाउँदा देखाउँदै पनि गठबन्धन  भत्काउने विश्वासघात भएको उल्लेख गरे ।

'एक जना दुई जना मन्त्रीका भागमा कमजोरी थुपारेर आफ्नो कमजोरी छोप्ने काम गर्नुभयो' लेखकले भने । उनले कांग्रेसको प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने जानकारी दिए ।

कान्तिपुर

Link copied successfully