कांग्रेस बैठकमा महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनबारे छलफल

फाल्गुन ३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनबारे छलफल भएको छ । बिहीबार महासमितिको तयारीका विषयमा छलफल गर्न बोलाइएको बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरु छलफलका लागि प्रस्तुत गरिएको थियो । 

जसमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

बैठकमा महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरुमाथि छलफल सुरु भएको पार्टीका सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार बिहीबारको बैठकमा देशको पछिल्लो आर्थिक अवस्थाको बारेमा अर्थमन्त्री एवम् पार्टीका प्रवक्त प्रकाशशरण महतले जानकारी गराएका थिए भने स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले  स्वास्थ्य मन्त्रालयले गरेका कामबारे जानकारी गराएका थिए । 

केन्द्रीय समितिको अर्को बैठक शुक्रबार विहान ९ बजेबाट बस्ने कांग्रेसले जनाएको छ । 

कांग्रेस महासमिति बैठक

कान्तिपुर

Link copied successfully