कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

बालकुमारी घटना : श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको समेत भूमिकाबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ — प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायामन्त्रीको भूमिकाबारे समेत छानबिन गर्न निर्देशन दिएको छ ।

बालकुमारी घटना : श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको समेत भूमिकाबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

समितिको सोमबारको बैठकमा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको समे असावधानीका कारण घटना भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि समितिले छानबिन गर्ने निर्देशन दिएको हो ।

समितिले बालकुमारी घटनबारे जवाफ दिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी अधिकारीहरुलाई बोलाएको थियो ।

समितिले मृतकका परिवारले क्षतिपूर्तिको थप व्यवस्था गर्ने दुवैका परिरवारलाई रोजगारीको अवसर दिनाउन पनि सरकारले निर्देशन गरेको छ । सभापति रामहरि खतिवडाले घटनासँग सम्बन्धित साना कर्मचारी मात्र निलम्बन हुने र अरु उम्किने अवस्था सिर्जना नहुने र काम गर्नेहरुको मनोबल पनि कमजोर नहुने गरी समस्याको समाधान गर्न न्यायोचित काम गर्न पनि निर्देशन दिए ।

प्रकाशित : पुस १६, २०८० १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?