कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०
नक्कली भुटानी शरणार्थी प्रकरण

'शंकास्पद अन्य व्यक्तिमाथि पनि छानबिन होस्'

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्वन्यायाधीश बलराम केसी लगायत मानवअधिकारकर्मी तथा नागरिक अगुवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

'शंकास्पद अन्य व्यक्तिमाथि पनि छानबिन होस्'

सरकारले यस प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता गरेपछि अन्य शंकास्पद व्यक्तिहरूमाछि छानबिन नगरिएकोमा उनीहरूले गम्भीर आपत्ति जनाएका छन् ।

शंकास्पद व्यक्तिहरूमाथि छानबिन नगरिएकोमा दण्डहीनता हाबी हुने देखिएको उनीहरूको भनाइ छ । अनुपराज शर्मा, केदारभक्त माथेमा, पूर्वन्यायाधीश बलराम केसी, भोजराज पोखरेल, मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारी, त्रिरत्न मानन्धरले संयुक्त वक्तब्य जारी गर्दै आपत्ति जनाएका हुन् ।

'यसको अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याई विगतका अरु भ्रष्टाचार काण्डमा झैं यसमा पनि दण्डहीनता हाबी हुनेगरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ,' संयुक्त वक्तव्यमा उल्लेख छ ।

यस्तै प्रमाणबाट देखिएका वा देखिनसक्ने जोसुकै व्यक्तिलाई न्यायको कठघरामा ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् । 'अन्यथा, आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनेछ,' विज्ञप्तिमा भनिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकसहित १४ जना फरार रहेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०८० १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?