संघीय संसद्को बुधबार संयुक्त बैठक बस्ने

जेष्ठ ९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

संसद्मा सांसद

कान्तिपुर

Link copied successfully