एमालेले राष्ट्रपतिमा बहुमत जुटाउन कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने

उपमहासचिव गुरुङ भन्छन्, ‘अर्को गठबन्धन बनेको थाहा छैन, हामी पुस १० मा बनेको गठबन्धनमै छौं ।’

फाल्गुन १३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने भएको छ । केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव पृथ्बीसुब्बा गुरुङले राष्ट्रपतिको उम्मेदवारका लागि उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए ।

‘राष्ट्रपतिको निर्वाचनमा हामीले पुस १० गते गठबन्धनमा भएको सहमतिबमोजिम पार्टीका उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘कांग्रेसको आफ्नै उम्मेदवार भएकाले कांग्रेसबाट हामीलाई सहयोगको आश भएन, बाँकी सबै दलहरूसँग राष्ट्रपतिको निर्वाचनसम्म हामी छलफल र संवाद गछौं । सहकार्यको वातावरण बनाउँछौं ।’

उनले अहिले सरकारबारे भने कुनै छलफल नभएको बताए । ‘अहिले राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । हामीले राष्ट्रपतिको उम्मेदवार तय गरेका छौं,’ उनले भने, ‘अहिले हामी पुस १० मा बनेको गठबन्धनमै छौं ।’

राष्ट्रपति निर्वाचन

कान्तिपुर

Link copied successfully