काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रशासनिक क्षेत्रमा नीतिगत तथा प्रक्रियागत सुधारबिना देश विकासको पथमा अगाडि बढ्न नसकिने बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अनिल केशरी शाहसँग कुराकानी गर्दै उनले नीतिगत र र प्रक्रियागत सुधारबिना देश विकासको पथमा अगाडि बढ्न नसकिने बताएका हुन् ।
घोषणापत्रको पहिलो ग्यारेन्टी 'पहिलो सेसन : समृद्धि अधिवेशन' रहेको बताउँदै अध्यक्ष ओलीले त्यसको पहिलो लक्ष्य प्रशासनिक क्षेत्रलाई चुस्तदुरुस्त र जनउत्तरदायी बनाउनका लागि त्यसमा नीतिगत सुधार गर्नु रहेको बताएका हुन् ।
'देशलाई विकासको पथमा अगाडि बढाउन नीतिगत र प्रक्रियागत सुधार आवश्यक छ,' उनले भने, 'त्यसका लागि कानुनमा सुधार गर्न सकिन्छ । संविधान संशोधन पनि आवश्यक पर्न सक्छ । तर‚ त्यो सम्भव हुन्छ कि हुँदैन हेरुँ । काम छिटोछरितो गर्नका लागि आवश्यक आधारहरू त बनाउनुपर्यो ।'
उनले पहिलो वर्ष आफूहरूले अरु विकासका क्षेत्रमा पनि ध्यान दिने तर पहिलो प्राथमिकता नीतिगत सुधारलाई नै दिने बताएका हुन् ।
