रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा

कार्तिक २, २०७९

अमृता अनमोल

काठमाडौँ — बुटवल  सर्वोच्च अदालतले रुपन्देही– २ का सत्ता गठबन्दनका तर्फबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ ।

गुरुङको मुद्दा बुधबार २८ औं नम्बरमा थियो । उनको मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको थियो ।

बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले असोज ३० मा उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफल गर्न बुधबार दुवै पक्षलाई बोलाएका थिए ।

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully