१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा

अमृता अनमोल

काठमाडौँ — बुटवल  सर्वोच्च अदालतले रुपन्देही– २ का सत्ता गठबन्दनका तर्फबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ ।

रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा

गुरुङको मुद्दा बुधबार २८ औं नम्बरमा थियो । उनको मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको थियो ।

बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले असोज ३० मा उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफल गर्न बुधबार दुवै पक्षलाई बोलाएका थिए ।

प्रकाशित : कार्तिक २, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?