रुपन्देही-२ का उम्मेदवार गुरुङका पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

तत्कालका लागि गुरुङको उम्मेदवारी कायम

आश्विन ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्वाचन अधिकृत कार्यालयको निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । निर्वाचन अधिकृतको कार्यालयले रुपन्देही २ ले उम्मेदवार गुरुङ संलग्न कम्पनी कालोसूचीमा रहेको भन्दै प्रतिनिधिसभा सदस्यको उम्मेदवारी खारेज गरिदिएको थियो । 

निर्वाचन आयोग र उम्मेदवार गुरुङलाई छलफलका लागि सर्वोच्चले बोलाएको छ । तत्कालका लागि गुरुङको उम्मेदवारी कायमै रहेको छ । रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि चुनावी मैदानमा छन् ।  

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully