१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रुपन्देही- २ का गुरुङ

कान्तिपुर संवाददाता

काठमाडौँ — रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी खारेजी भएपछि निर्वाचन अधिकृतको कार्यालयविरुद्ध रिट लिएर नेकपा (एकीकृत समाजवादी) का नेता राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् । सत्तारुढ गठबन्धनबाट रुपन्देही- २ मा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता गुरुङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मनोनयन खारेज गरिदिएको थियो । 

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे रुपन्देही- २ का गुरुङ

गुरुङले बिहीबार सर्वोच्चमा रिट पेस गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रुपन्देही- २ मा उम्मेदवारी खारेजीको विषयमा रिट पेस भएको र दर्ताको प्रक्रियामा रहेको बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार गुरूङ कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो ।

रुपन्देही- २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि उम्मेदवार छन् । गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि मनोनयन खारेज गरिएको थियो ।

उम्मेदवारी खारेज भएपछि गुरुङ निर्वाचन अधिकृतको कार्यालयको निर्णय खारेज गरी आफ्नो मनोनयन कायम गरिपाऊँ भन्दै सर्वोच्च पुगेका हुन् ।

प्रकाशित : आश्विन २७, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?