कांग्रेस नेता अमरेश सिंहले दिए बागी उम्मेदवारी

आश्विन २३, २०७९

ओमप्रकाश ठाकुर

सर्लाही — नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सिंहले सर्लाही क्षेत्र ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यही क्षेत्रबाट २०७४ सालमा सिंह निर्वाचित भएका थिए ।

कांग्रेसले सर्लाही–४ बाट नागेन्द्रकुमार रायलाई टिकट दिएको छ । उनी कांग्रेस सर्लाहीका पूर्वसभापति हुन् । राय ०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका थिए । 

आमनिर्वाचन २०७९

ओमप्रकाश

Link copied successfully