कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

कांग्रेसले सर्लाही- ४ मा नागेन्द्रकुमारलाई दियो टिकट

आश्विन २३, २०७९
कांग्रेसले सर्लाही- ४ मा नागेन्द्रकुमारलाई दियो टिकट

काठमाडौँ — नेपाली कांग्रेसले सर्लाही–४ बाट नागेन्द्रकुमार रायलाई टिकट दिएको छ । उनी कांग्रेस सर्लाहीका पूर्वसभापति हुन् । यसअघि यहाँबाट महामन्त्री गगन थापालाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस भएर आएको थियो ।

तर‚ केन्द्रीय संसदीय समितिले रायलाई टिकट दिने निर्णय गरेको हो । राय ०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका थिए । यही क्षेत्रबाट ०७४ मा निर्वाचित भएका अमरेशकुमार सिंहले भने स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।

प्रकाशित : आश्विन २३, २०७९ १२:५३
×