महामन्त्रीमा गगन अगाडि, विश्वप्रकाश दोस्रो र प्रकाशशरण तेस्रो स्थानमा

पुस १, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म १४९५ मत गन्दा गगन थापा ९५५ र विश्वप्रकाश शर्मा ६६० मतसहित अगाडि रहेका छन् ।

प्रकाशशरण महत ४९१ मतसहित तेस्रो स्थानमा छन् । प्रदीप पौडेल भने ४४९ मतसहित चौथो स्थानमा झरेका छन् ।  त्यस्तै  मीनेन्द्र रिजालले २७५ मत प्राप्त गरेका छन् । त्यस्तै राजाराम कार्कीले १८ मत प्राप्त गरेका छन् ।

महत र पौडेल संस्थापन प्यानलबाट उम्मेदवार बनेका हुन् भने रिजाल र थापा भने कोइराला प्यानलका उम्मेदवार हुन् ।त्यस्तै शर्मा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।  त्यस्तै कार्की भने विमलेन्द्र निधिको प्यानलका उम्मेदवार हुन् । सभापतिमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा गएको थियो । दोस्रो चरणमा सिंह र निधिले देउवालाई समर्थन गरेका थिए ।

सभापति र उपसभापतिको भने मतगणना भइसकेको छ । सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully