कांग्रेस महाधिवेशन

सभापतिमा शेरबहादुर देउवालाई अग्रता [लाइभ अपडेट]

काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको मतगणनामा सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

सभापतिमा शेरबहादुर देउवालाई अग्रता [लाइभ अपडेट]

अहिलेसम्म ४ हजार ३ सय ७८ मत गणना हुँदा देउवाले २०९५ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १५९८ र प्रकाशमान सिंहले ३५० मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २४० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने २१ मत मात्र प्राप्त भएको छ । सभापतिमा निर्वाचित हुन कम्तीमा २३४० मत प्राप्त गर्नपर्नेछ ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

प्रकाशित : मंसिर २८, २०७८ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?