काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका छन् । शनिबार प्रेस विज्ञप्तिमार्फत पौडेलले आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको बताएका छन् ।
नेता पौडेलले कांग्रेसभित्र विचलन आइरहेको अनुभव गरेको उल्लेख गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्,'कांग्रेसलाई आज केवल सत्ताको भर्याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।'
उनले चौधौं महाधिवेशनसम्म आइपुग्दा धेरै प्रपञ्च भोगेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले प्रतिस्पर्धाबाट अलग रहेपनि विवेक प्रयोग गरेर मतदान गर्न पनि सबैलाई अपिल गरेका छन् ।
