एकता र स्थिरताका निम्ति देउवाको निरन्तरता आवश्यक : खाँण

मंसिर २३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको बृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खाँणले देउवाको निरन्तरताका विषयमा आफू विश्वस्त रहेको बताए ।

 ‘राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको बृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवाको निरन्तरता आवश्यक छ,’ उनले भने, ‘त्यसैले यो महाधिवेशनले देउवालाई नै निरन्तरता दिनेमा म विश्वस्त छु ।’

उनले देउवाकै नेतृत्वमा कांग्रेसले आगामी तीन तहको निर्वाचन गराउने बताए । ‘स्थानीय तहको निर्वाचन, आमनिर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नेपाली कांग्रेसमा एकता र गठबन्धनको स्थिरता आवश्यक छ,’ उनले भने । 

कांग्रेस महाधिवेशन

कान्तिपुर

Link copied successfully