२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

कांग्रेसको १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि

काठमाडौँ — कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरू हुने भएकाले त्यसअघि अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो ।

कांग्रेसको १६ जिल्लाको अधिवेशन केन्द्रीय महाधिवेशनपछि

समितिका सचिव जगन्नाथ श्रेष्ठले हाललाई ती जिल्लाको अधिवेशन स्थगित गरिएको, र केन्द्रीय महाधिवेशनपछि मात्रै ती जिल्लाको अधिवेशन हुने जानकारी दिए ।

उनका अनुसार पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, चितवन, कैलाली र बाँके लगायतका १६ जिल्लामा अधिवेशन हुन सकेको छैन । ६१ जिल्लामा भने जिल्ला अधिवेशन भइसकेको छ । ‘अहिले जिल्ला अधिवेशनका सबै कार्यक्रम स्थगित गरेका छौँ,’ उनले भने, ‘अब केन्द्रीय महाधिवेशनपछि निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याउँछ, केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनेछ ।’

कांग्रेसले विहीबार ७ वटै प्रदेशको अधिवेशन सुरू गर्दैछ । दिउँसो २ बजे सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एकैपटक सातै प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय महाधिवेशन भने मंसिर २४ गतेबाट सुरु हुनेछ ।

प्रकाशित : मंसिर १६, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?