एमाले पदाधिकारी निर्वाचनमा कसको कति मत ?- समाचार - कान्तिपुर समाचार

एमाले पदाधिकारी निर्वाचनमा कसको कति मत ?

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८३७ मत ल्याउँदै निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी भीम रावलले भने २२३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत प्राप्त गरे । उपाध्यक्षमा पराजित घनश्याम भुसालले ७२५ मत ल्याए ।

सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७४ मत प्राप्त गरे । योगेश भट्टराईले १९६०, टोपबहादुर रायमाझीले १८०४, छविलाल विश्वकर्मा १८०३ र पद्मा अर्यालले १७९९, लेखराज भट्टले १७०४, र रघुवीर महासेठले १५०० मत ल्याउँदै सचिव पदमा निर्वाचित भए ।

सचिवमा पराजित भीम आचार्यले ७८८ सय र टंक कार्कीले ५५९ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भए ।

*नोट : अन्तिम मत परिणामअनुसार पदाधिकारीहरुले प्राप्त गरेको मत संख्या अद्यावधिक गरेर सच्याइएको छ।

प्रकाशित : मंसिर १४, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्

डडेलधुरा कांग्रेसको अनशन स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस डडेलधुराका सभापति कर्ण मल्लसहितका नेताहरुले अनशन स्थगित गरेका छन् । एकलौटी ढंगबाट क्रियाशील सदस्यता वितरण गरी गराइएको जिल्ला अधिवेशन बदरको माग गर्दै पा‍र्टी कार्यालय सानेपामा बसेको अनशन १४ औं दिनमा उपसभापति विमलेन्द्र निधिको आग्रहपछि उनीहरुले स्थगित गरेका हुन् ।निधिले डडेलधुरा कांग्रेसको मागप्रति ऐक्यबद्धता जनाए ।

डडेलधुराको मागप्रति आफू सकारात्मक भएको भन्दै उपसभापति निधिले यस विषयमा सभापति शेरबहादुर देउवासँग मौखिक र लिखित रुपमै पुनः वडा अधिवेशन गर्न आग्रह गरेको स्मरण गराए ।

जिल्लाबाट सिफारिस भएर आएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट सिधै नाम थपेको भन्दै विवाद उत्पन्न भएको थियो । नेता निधिले सदस्यता छानबिन नगरी निर्वाचन प्रक्रिया अघि बढाउनु बिडम्बनापूर्ण भएको बताए ।

निर्वाचन समितिका सदस्यहरुबीच सहमतिका आधारमा निर्णय गर्नुपर्नेमा अल्पमत र बहुमतका आधारमा निर्णय हुनु दुःखद् भएको निधिको भनाइ थियो ।

प्रकाशित : मंसिर १४, २०७८ १६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×