एमाले विभाजित : नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी), चुनाव चिह्न खुला किताब- समाचार - कान्तिपुर समाचार

एमाले विभाजित : नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी), चुनाव चिह्न खुला किताब

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।

तस्बिर : बिजु महर्जन

पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चाैधरीले जानकारी दिए । 'निर्वाचन आयाेगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,' उनले भने ।

प्रकाशित : भाद्र २, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

मुख्यमन्त्री बन्‍ने बाटो खुला
कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले वाग्मती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी छन् । एमाले संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेसँगै शाक्य मुख्यमन्त्री बन्‍ने बाटो खुलेको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता बनाइएको हो ।

हटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए ।

वाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ । प्रदेशमा एमालेका ५६ जना सांसद छन् । १ सय १० सदस्यीय प्रदेशसभामा एक स्थान रिक्त रहेको छ । एमाले सांसद पशुपति चौलागाईंको निधन भएको कारण रिक्त रहेको छ । बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित : भाद्र २, २०७८ १५:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×