कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव [विधानसहित]

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव [विधानसहित]

महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुमा पनि अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी सम्बन्धित निर्वाचित कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको उनले बताए ।

यस्तै, केन्द्रीय किमटीको संख्या २२५ बनाउनुपर्ने प्रस्ताव एमालले अघि सारेको छ । यी प्रस्तावहरु तल्लो कमिटीमा छलफलका लागि पठाइने र त्यहाँबाट आएका सुझावलाई विधान महाधिवेशनमा पेश गरिने प्रवक्ता ज्ञवालीले बताए ।

सोमबार केन्द्रीय कमिटीमा पेस गरिएको विधान संशोधन प्रस्तावमा अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, उपमहासचिव २, सचिव ७ हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले पार्टी संरचनामा नयाँ व्यवस्था गर्नका लागि प्रस्ताव गरेको हो ।

यस्तो छ एमालेको प्रस्तावित विधानको पूर्णपाठ :


प्रकाशित : श्रावण २५, २०७८ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?