२ हजार २७९ संक्रमित थपिए

श्रावण १८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २७९ संक्रमित थपिएका छन् । १० हजार ६ सय १३ पीसीआर परीक्षण गर्दा २ हजार २ सय ७९ जनामा संक्रमण देखिएको हो । 

यस्तै, ३ हजार १२५ वटा एन्टिजेन परीक्षणमा ८ सय ४६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय ४९ पुगेको छ ।

२४ घण्टामा १ हजार ९२५ जना निको भएका छन् । योसँगै निको हुनेहरुको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ । 

२४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully