२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

२४ घण्टामा २ हजार ४६७ मा कोरोना पुष्टि, १ हजार ८१६ जना संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पीसीआर परीक्षणमा शुक्रबार थप २ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा २ हजार ४६७ मा कोरोना पुष्टि, १ हजार ८१६ जना संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ८७८ परीक्षणबाट १ हजार १४४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ६६१ परीक्षणमा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८३४ पुगेको छ ।

प्रकाशित : श्रावण १५, २०७८ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?