३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

२४ घण्टामा थप १ हजार ६३९ मा कोरोना पुष्टि, २ हजार ७८ जना संक्रमणमुक्त

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको ७ हजार ५८ पीसीआर परीक्षणमा १ हजार ६३९ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा थप १ हजार ६३९ मा कोरोना पुष्टि, २ हजार ७८ जना संक्रमणमुक्त

यसैगरी, ३ हजार ९५४ एन्टिजेन परीक्षणमा ७५९ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ ।

यस्तै, २४ घण्टामा २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।

प्रकाशित : असार २९, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?