कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

थपिए १ हजार ४७९ कोरोना संक्रमित, १ हजार ३१६ संक्रमणमुक्त, २० को मृत्यु 

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ६ हजार ६५७ पीसीआर परीक्षणमा १ हजार ४७९ जनामा कोरोना पुष्टि भएको हो ।

थपिए १ हजार ४७९ कोरोना संक्रमित, १ हजार ३१६ संक्रमणमुक्त, २० को मृत्यु 

४ हजार ६५६ एन्टिजेन परीक्षणमा ७६० जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ ।

यस्तै, २४ घण्टामा १ हजार ३१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ ।

प्रकाशित : असार २५, २०७८ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?