कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आवश्यक खोपको व्यवस्था चाँडै मिलाउन सरकारसँग देउवाको माग

काठमाडौँ — कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको बताएका छन् । उनले यसतर्फ सरकार बेलैमा गम्भीर नहुँदा खोपको समुचित व्यवस्था हुन सकेको बताएका छन् ।

आवश्यक खोपको व्यवस्था चाँडै मिलाउन सरकारसँग देउवाको माग

देउवाले सोमबार एक विज्ञप्ति जारी गर्दै चाँडो भन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउने तर्फ ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन पनि सरकारसँग माग गरेका हुन् । मित्रराष्ट्र भारतबाट दस लाख र पछि चीनबाट आठ लाख खोप निःशुल्क प्राप्त भएको र देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न अझ धेरै संख्यामा खोपको आवश्यकता रहेको बताएका छन् ।

देश दोश्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा रहेको र संक्रमण दर पनि तीव्र गतिमा बढेको भन्दै उनले संक्रमणबाट गम्भीर बिरामी भएर आईसियू र भेन्टिलेटरको आवश्यकता पर्नेको संख्या पनि बढेको बताएका छन् । 'अहिले युवाहरुमा पनि संक्रमण उल्लेख्य रुपमा बढेको छ । संक्रमितहरुको उपचार पूरा गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ । यस अवस्थामा, परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरु गर्न म सरकारसँग माग गर्दछु ।' विज्ञप्तिमा भनिएको छ ।

यसका साथै संक्रमितहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामाग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकार गम्भीर हुन उनको माग छ ।

प्रकाशित : वैशाख १३, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?