१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक आइतबार बोलाइएकाे छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएका हुन् ।

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्नेगरी बैठक बोलाइएको नेतृ निरु पालले जानकारी दिइन् । बैठकका एजेन्डाबारे केही जानकारी दिइएको छैन ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्नका लागि बैठक बोलाइएको बताए । 'अस्ती मात्रै महाधिवेशन आयोजक कमिटीको बैठक सकिएको थियो । आज आकस्मिक रुपमा बोलाइएको हो,' उनले भने,'एजेन्डा केही तय भएको छैन । पार्टीको आन्तरिक जीवनबारे नै छलफल हुन्छ ।'

वैशाख १० गते बालुवाटारमा बसेको एमालेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकले माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरेको थियो । स्थायी कमिटीमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् ।


प्रकाशित : वैशाख १२, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सेयर खरिद–बिक्री प्रकरणमा नियामक निकाय निष्क्रिय राखेर छुट्टै छानबिन समिति गठन गर्नुको कारण के हो?