कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा नेपालमा ८३६ जना कोरोना संक्रमित, २०८ निको, २ को मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८३६ जना कोरोना संक्रमित भएका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ५३७ परीक्षणबाट शुक्रबार ८३६ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय २१ एन्टिजेन परीक्षणबाट ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा नेपालमा ८३६ जना कोरोना संक्रमित, २०८ निको, २ को मृत्यु

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट ९०० जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।

२४ घण्टामा २०८ डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ । सोही अवधिमा कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ ।

हाल आइसोलेसनमा ५ हजार ८ र क्वारेन्टाइनमा ७७ जना रहेका छन् ।

प्रकाशित : वैशाख ३, २०७८ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?