२४ घण्टामा थपिए ३३७ कोरोना संक्रमित

चैत्र २८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपाल ३ सय ३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ हजार ७३ हजार ८ सय ८६ जना संक्रमित निको भएका छन् । 

शनिबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

मुलुकभर ८४ जना क्‍वारेन्टाइनमा र २ हजार ८ सय जना आइसोलेसनमा रहेका छन । हालसम्म २३ लाख ९ हजार ७ सय ७६ पीसीआर परीक्षण भएका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully