कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा थपिए ३३७ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपाल ३ सय ३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ३५ पुगेको छ ।

२४ घण्टामा थपिए ३३७ कोरोना संक्रमित

यस्तै,पछिल्लो २४ घण्टामा १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म २ हजार ७३ हजार ८ सय ८६ जना संक्रमित निको भएका छन् ।

शनिबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

मुलुकभर ८४ जना क्‍वारेन्टाइनमा र २ हजार ८ सय जना आइसोलेसनमा रहेका छन । हालसम्म २३ लाख ९ हजार ७ सय ७६ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : चैत्र २८, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?