१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एमाले संसदीय दल बोर्ड गठन, खनाल र नेपाल पनि सदस्य

काठमाडौँ — नेकपा एमाले संसदीय दलको बोर्ड गठन भएको छ । बिहीबार बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।

एमाले संसदीय दल बोर्ड गठन, खनाल र नेपाल पनि सदस्य

सांसद महेश बस्नेतका अनुसार तीन जना पछि मनोनयन गर्ने गरी आज २४ सदस्यीय बोर्ड गठन भएको छ । बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपालसहित उक्त समूहका सांसदहरूलाई पनि मनोनीत गरिएको छ ।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाउन कार्यदल गठन गरिने बस्नेतले बताए । त्यसका लागि तीन सदस्यीय कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङ्ले बताए । प्रमुख सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन् ।

त्यस्तै बिहीबारको बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र अटेर गरेमा कारबाही गर्ने निर्णय गरेको पनि बस्नेतले जानकारी दिए ।

दलको अर्को बैठक चैत ७ गते बस्ने सांसद शेरबहादुर तामाङले बताए ।

एमाले संसदीय बोर्ड सदस्यहरू

केपी शर्मा ओली

झलनाथ खनाल

माधवकुमार नेपाल

सुवास नेम्वाङ

शेरबहादुर तामाङ

रघुवीर महासेठ

भुपेन्द्र थापा

खेम लोहनी

सरिता दाहाल

विमला विक

राधा ज्ञवाली

बिन्दा पाण्डे

विशाल भट्टराई

सुमन प्याकुरेल

शान्ता चौधरी

विमला राई पौडेल

राजेन्द्र राई

मोहन बानियाँ

नारदमुनि राना

विद्या भट्टराई

दामोदर भण्डारी

रेखा झा

छविलाल विश्वकर्मा

खिमलाल भट्टराई

सम्बन्धित समाचार

प्रकाशित : चैत्र ५, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?