माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

फाल्गुन २८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारी र केन्द्रीय कमिटी खारेज गरेर महाधिवशेन तोकेपछि एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्न लागेको छ । 

काठमाडौं नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा नेताहरू जुट्न लागेको नेता नेपालको सचिवालयले जानकारी दिएको छ । बैठकमा झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरू पनि सहभागी हुने बताइएको छ । 

'केही सदस्यहरू जुटिसक्नुभएको छ । योगेश भट्टराई र घनश्याम भुसाल उपत्यकाबाहिरबाट आउँदै हुनुहुन्छ । उहाँहरू आएपछि बैठक बस्नेछ,' नेपालको सचिवालयले जानकारी दियो । 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बालुवाटारमा शुक्रबार दुई पटक केन्द्रीय कमिटी बैठक बसेका थिए । ती बैठकमा माओवादी छोडेर एमालेमा लाग्ने नेताहरूलाई जिम्मेवारी दिने, महाधिवेशन मंसिरमा गर्ने, प्रदेश इन्चार्जको जिम्मेवारीमा नयाँ नेतालाई तोक्ने काम गरेको थियो । 

एमाले

कान्तिपुर

Link copied successfully