१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

एमाले विधानको 'बाधा अड्काउ फुकाउ' प्रयोग गरी ओलीले दिए माओवादी छाडेका थापा समूहलाई जिम्मेवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको केन्द्रीय कमिटी बैठकले सात प्रदेशका इन्चार्ज तोकेको छ । बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेको विधानमा रहेको 'बाधा अड्काउ फुकाउ' को व्यवस्था प्रयोग गरेर सात प्रदेशका इन्चार्ज र केहीमा पदाधिकारी परिवर्तन गरेको हो ।

एमाले विधानको 'बाधा अड्काउ फुकाउ' प्रयोग गरी ओलीले दिए माओवादी छाडेका थापा समूहलाई जिम्मेवारी

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता हुनुपूर्व एमालेमा प्रदेश कमिटी नभएर अञ्चल कमिटी रहेको र त्यसलाई परिवर्तन गर्नका लागि विधानको बाधा अड्काउ फुकाउको व्यवस्था प्रयोग गरिएको केन्द्रीय सदस्य खगराज अधिकारीले जानकारी दिए ।

'अब पार्टी नै नयाँ भयो । नेकपा एमाले भयो । एमालेको विधानको अञ्चल कमिटी संशोधन गरियो । बाधा अड्काउ फुकाउ प्रयोग गरेर त्यसो गरिएको हो,' अधिकारीले भने । अझै कार्यविभाजन गर्न बाँकी रहेको नेताहरूले जानकारी दिएका छन् । शुक्रबारको कार्यविभाजन सुरुवाती चरणमात्रै रहेको एमालेका नेताहरूको भनाइ छ ।

एमालेको माधवकुमार नेपाल पक्ष सहभागी नरहेको बैठकले उनीनिकट नेताहरूको जिम्मेवारी खोसेको छ ।

प्रदेश १ को इन्चार्जमा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा सत्यनारायण मण्डललाई प्रदेश इन्चार्ज र माओवादी केन्द्र छोडेर ओलीको पक्षमा लागेका प्रभु साहलाई प्रदेश अध्यक्ष बनाइएको छ ।

वाग्मती प्रदेशको इन्चार्जमा रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ भने गण्डकी प्रदेशको इन्चार्ज पृथ्वीसुब्बा गुरुङ रहेका छन् । लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल छन् भने यमलाल कँडेललाई इन्चार्ज, मणि थापालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जबाट भीमबहादुर रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, केन्द्रीय महाधिवेशन आयोजक कमिटीमा रामबहादुर थापा पक्षका नेताहरूलाई मनोनयन गरिएको छ । जसमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, दावा लामा, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, चन्द्रबहादुर खड्का रहेका छन् ।

यसरी जिम्मेवारी पाउनेमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरू रहेका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?