१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियाे

१० गतेसम्म बहस नाेट बुझाउन प्रधानन्यायाधीशको आग्रह
कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतमा परेका प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा बहस सकिएको छ । एमीकस क्युरीकाे तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि सबै बहस सकिएकाे हाे ।

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियाे

यसैगरी फागुन १० गतेसम्म बहस नाेट बुझाउन प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले जानकारी दिएका छन् । '१० गतेपछि मुद्दा हेर्दाहेर्दैमा जान्छ । ११/१२ गतेसम्म जति पनि जान सक्छ,' जबराले भने, 'हेर्दाहेर्दैमा पनि सकिन सक्छ।'

१० गतेसम्म बहस नाेट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पहिले रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि प्रधानमन्त्रीका वकिल र सभामुखका कानुन व्यवसायीले बहस गरेका थिए । त्यस्तै रिट निवेदकका कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबारदेखि एमिकस क्युरीको पालो आएको थियो ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन सिफारिस गरेको थियाे भने साेही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन घाेषणा गरेकी थिइन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध १३ मुद्दा सर्वाेच्चमा परेका थिए । ती मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भएको थियाे ।

प्रकाशित : फाल्गुन ७, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?