कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

'रअ' प्रमुख भ्रमणको रिजल्ट आइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली 

'सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडिएका छौं ।उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन । प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो ।'

काठमाडौँ — भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय संसदीय समितिमा छलफलका लागि प्रवेश भएको छ ।

'रअ' प्रमुख भ्रमणको रिजल्ट आइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली 

सत्तारुढ नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले समेत गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिएका छन् ।

मन्त्री ज्ञवालीले सांसदहरू पुरानै कुरामा अडेर बसेको भन्दै व्यंग्य पनि गरेका छन् । 'सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू,' उनले भने, 'उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन । प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो ।'

भ्रमण पारदर्शी नभएको भन्दै रावल र कांग्रेस सांसद प्रकाशमान सिंहले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले थपे, 'कूटनीतिमा यस्ता खालको संयन्त्रहरू, माध्यमहरू प्रयोग हुन्छन् कि हुन्नन् माननीयज्यू ?'

नेपाल-भारत सम्बन्ध सुदृढ हुने बाटोमा अघि बढ्यो : परराष्ट्रमन्त्री

दुई देशबीच सम्बन्ध तिक्त रहेको बेला अन्य विकल्प लगाएर छलफल हुने गरेको ज्ञवालीको भनाइ थियो । 'कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्,' उनले थपे, 'नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र ? त्यसकारण यसलाई (सामन्तकुमार गोयलको भ्रमण) ठूलो विषय बनाउनु पर्दैन ।'

'रअ' प्रमुखसँग प्रधानमन्त्रीले राति सुटुक्क भेट्ने कुरा मिलेन : रावल

गोयलको भ्रमण अपारदर्शी भएको भन्न नमिल्ने ज्ञवालीको तर्क थियो । प्रधानमन्त्री ओलीसँग भेट गरेको कुरा सार्वजनिक गरिएकाले त्यलाई अपारदर्शी भन्न नहुने ज्ञवालीको तर्क थियो ।

गोयलको भ्रमणपछि भारतीय सेनाध्यक्ष एमएम नरवणे, विदेश सचिव हर्षवर्द्धन श्रृंगलालगायतको भ्रमण भएकाले रिजल्ट आएकोतर्फ ज्ञवालीले संकेत गरेका हुन् । गोयलले भ्रमण गरेर फर्किएपछि भारतीय सेनाध्यक्ष नरवणे र विदेशसचिव श्रृंगला नेपाल आएका थिए ।

प्रकाशित : मंसिर १९, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?