कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं उपत्यकामा थप १ हजार ३८ जनामा कोरोना संक्रमण

काठमाडौँ — काठमाडौं उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौं उपत्यकामा थप १ हजार ३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन् ।

बुधबार देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा ३ हजार ५३८ कोरोनामुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

प्रकाशित : मंसिर ३, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?