काठमाडौं उपत्यकामा थप १ हजार ३८ जनामा कोरोना संक्रमण

मंसिर ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन् । 

बुधबार देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा ३ हजार ५३८ कोरोनामुक्त भएका छन् भने  १२ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully