काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार संक्रमित पुष्टि हुनेमा ६३० महिला र ७९८ पुरुष रहेका छन् । काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर साेमबार संक्रमित पुष्टि हुनेमा २ हजार ५ सय ७१ रहेका छन् ।
