१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना गरी १८ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । जसमध्ये ७ सय ८१ जना महिला र ११ सय ७ जना पुरूष रहेका छन् ।

काठमाडौंमा १० हजार ५ सय १ जना, भक्तपुरमा १७ सय १९ जना र ललितपुरमा २ हजार १ सय ६५ जना होम आइसोलेसनमा रहको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन् ।

प्रकाशित : कार्तिक १४, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?