काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए २ हजार ७ सय २० कोरोना संक्रमित

कार्तिक ७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् । थपिने संक्रमितमा १ हजार ९२ महिला र १ हजार ६ सय २८ पुरुष छन् ।

मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ र ललितपुरमा २ सय २६ नयाँ संक्रमित थपिएका हुन् ।

बिहिबार उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully