कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोभिड अस्पताल बनाउँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका

डम्बरसिंह राई

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘कोभिड १९ अस्पताल’ बनाउने भएको छ । उक्त पालिकाकै वडा नं १ याम्खाको स्वास्थ्य चौकी भवनमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल बनाउने भएको हो ।

कोभिड अस्पताल बनाउँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका

संक्रमण बढ्दै गएकाले कोरोना अस्पताल बनाउन लागिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । उनका अनुसार संघीय सरकारको १० लाख र गाउँपालिकाको ३५ लाख रुपैयाँको लागतमा अस्पताल बनाइनेछ । ‘कोरोना संक्रमण तीव्र रूपमा बढिरहेकोले यसलाई मध्यनजर गर्दै कोरोना अस्पताल बनाउन लागिएको हो,’ उनले भने, ‘अब छिट्टै सञ्चालनमा आउने छ ।’

अध्यक्ष राईका अनुसार एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगी हुने छन् । यसका लागि सूचना जारी गरिसकेको अध्यक्ष राईले सुनाए । यो अस्पताल बनेपछि कोरोना संक्रमितलाई अन्यत्र लान नपर्ने राईको दाबी छ ।

‘आवश्यक जनशक्तिका लागि सूचना पनि जारी गरिसकिएको छ,’ उनले भने, ‘जनशक्तिको व्यवस्था हुनासाथ अस्पताल सञ्चालनमा आउनेछ ।’

प्रकाशित : आश्विन २, २०७७ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?