कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिदी पहिरो : ३० जनाको शव भेटियो, अझै ९ जना बेपत्ता

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबारसम्म ३० जनाको शव फेला परेको छ ।

लिदी पहिरो : ३० जनाको शव भेटियो, अझै ९ जना बेपत्ता

बेपत्ता रहेकामध्ये बिहीबार चार वर्षीय सोनाम दोङ, ४२ वर्षीया विविरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ, १८ वर्षीया ललिता दोङ, ४४ वर्षीया हिरा दोङ झाँक्री र २४ वर्षीय सङलामु पाख्रिन दोङको शव फेला परेको डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

बुधबारसम्म २४ शव भेटिएका थिए । ९ जनाको अझै पत्ता लागेको छैन ।

बाढीपहिरोले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा अहिले सेना, सशस्त्र र नेपाल प्रहरी गरी ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बाँकी बेपत्ता खोजिरहेका छन् । एक सय ७२ घर रहेको लिदीको बस्तीमा गत शुक्रबार बिहान साढे ६ बजेतिर पहिरो खसेको थियो ।

घटनामा १३ घर पूर्ण क्षति भएका थिए भने ३७ मा आंशिक क्षति भएको थियो । पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए । पहिरोले विस्थापित १ सय ३५ परिवार अहिले छिमेकी गाउँमा त्रिपाल टाँगेर बसेका छन् । बेपत्ताको खोजीका लागि स्थानीय सामग्रीले मात्रै सम्भावना नदेखिएपछि एक्स्काभेटर ल्याउने तयारी गरिएको डीएसपी काफ्लेले बताए ।

लिदी पहिरोमा परी मृत्यु हुनेहरु

  • ३६ वर्षीया टिकामाया दोङ
  • १४ वर्षीय छिरिङ दोङ
  • ८० वर्षीय जिते झाक्री,
  • ८ वर्षीय मिलन दोङ
  • ८ वर्षीय सानू दोङ
  • ७० वर्षीय जयबहादुर दोङ
  • ३० वर्षीया दावाल्हामु दोङ
  • ५ वर्षीया प्रिती दोङ
  • ५ महिनाकी कान्छी दोङ
  • ३४ वर्षीया धनमाया दोङ
  • ४ महिनाका रेमिश दोङ
  • १६ वर्षीय माइला पराङ दोङ
  • ३७ वर्षीय मेकमाई दोङ
  • १९ वर्षीया च्यामा दोङ
  • ७ वर्षीया विमला दोङ
  • ७ महिनाका कबिर दोङ
  • ११ वर्षीया लक्ष्मी दोङ
  • १२ वर्षीय हिन्दुस दोङ
  • ३० वर्षीय मानबहादुर दोङ
  • २२ वर्षीय छविलाल दोङ (अजय)
  • ६ वर्षीय सुमन दोङ
  • १० वर्षीय सुरज दोङ
  • ७२ वर्षीया शिरमाई दोङ
  • ८७ वर्षीया धनलक्ष्मी दोङ
  • ४ वर्षीय सोनाम दोङ
  • ४२ वर्षीय विविरानी दोङ
  • ५ वर्षीय सानुकान्छा दोङ
  • १८ वर्षीया ललिता दोङ
  • ४४ वर्षीया हिरा दोङ झाँक्री
  • २४ वर्षीय सङलामु पाख्रिन दोङ

प्रकाशित : भाद्र ५, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?