सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबारसम्म ३० जनाको शव फेला परेको छ ।
बेपत्ता रहेकामध्ये बिहीबार चार वर्षीय सोनाम दोङ, ४२ वर्षीया विविरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ, १८ वर्षीया ललिता दोङ, ४४ वर्षीया हिरा दोङ झाँक्री र २४ वर्षीय सङलामु पाख्रिन दोङको शव फेला परेको डीएसपी माधवप्रसाद काफ्लेले बताए ।
बुधबारसम्म २४ शव भेटिएका थिए । ९ जनाको अझै पत्ता लागेको छैन ।
बाढीपहिरोले सडक बगाएपछि एक्स्काभेटर लैजान नसकिँदा अहिले सेना, सशस्त्र र नेपाल प्रहरी गरी ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बाँकी बेपत्ता खोजिरहेका छन् । एक सय ७२ घर रहेको लिदीको बस्तीमा गत शुक्रबार बिहान साढे ६ बजेतिर पहिरो खसेको थियो ।
घटनामा १३ घर पूर्ण क्षति भएका थिए भने ३७ मा आंशिक क्षति भएको थियो । पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए । पहिरोले विस्थापित १ सय ३५ परिवार अहिले छिमेकी गाउँमा त्रिपाल टाँगेर बसेका छन् । बेपत्ताको खोजीका लागि स्थानीय सामग्रीले मात्रै सम्भावना नदेखिएपछि एक्स्काभेटर ल्याउने तयारी गरिएको डीएसपी काफ्लेले बताए ।
लिदी पहिरोमा परी मृत्यु हुनेहरु
