कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् सचिवालयका एक उच्चपदस्थ कर्मचारीलाई कोरोना

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् सचिवालयमा कार्यरत एक उच्चपदस्थ कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

संसद् सचिवालयका एक उच्चपदस्थ कर्मचारीलाई कोरोना

संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब परीक्षण गर्दा ती अधिकारीलाई संक्रमण पुष्टि भएको थियो ।

काठमाडौंमा गरिएको पीसीआर परीक्षणका क्रममा उनलाई कोभिड-१९ पोजिटिभ देखिएको संसद सचिवालय स्रोतले बतायो । ती कर्मचारीलाई केही दिनयता ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि स्वाब परीक्षण गराएका थिए ।

प्रकाशित : श्रावण २२, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?