संसद् सचिवालयका एक उच्चपदस्थ कर्मचारीलाई कोरोना

श्रावण २२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् सचिवालयमा कार्यरत एक उच्चपदस्थ कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।

संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब परीक्षण गर्दा ती अधिकारीलाई संक्रमण पुष्टि भएको थियो । 

काठमाडौंमा गरिएको पीसीआर परीक्षणका क्रममा उनलाई कोभिड-१९ पोजिटिभ देखिएको संसद सचिवालय स्रोतले बतायो । ती कर्मचारीलाई केही दिनयता ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि स्वाब परीक्षण गराएका थिए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully